नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का एक युवा नेता आफ्नै प्रेमीका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
नेकपा एकीकृत समाजवादी निकट युवा संघका सचिवालय सदस्य टीकाराम नेपाली जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन् ।
प्रेमिकासँग कैयन रात बिताएर विवाह गर्न आनाकानी गरेको आरोप लागेपछि शुक्रबार उनलाई प्रहरीले ठमेलको होटल एक्सेसबाट पक्राउ गरेको हो ।
विहीबार राति उनी प्रेमिकासहित उक्त होटलमा पुगेका थिए ।
युवतीले आफूमाथि यौनजन्य दुव्र्यवहार भएको भनी प्रहरीलाई फोन गरेपछि नेपाली पक्राउ परेका हुन् ।
उनीविरुद्ध जबरजस्ती करणीमा जाहेरी दर्ता भइसकेको प्रहरी बृत्त, सोह्रखुट्टेले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस