गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका वडा नम्बर २ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा वेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तिव्र बनाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई, नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी वेपत्ता बुढाथोकीको खोजी कार्य तिव्र बनाउन निर्देशन दिए ।
बुढाथोकी दिउँसो साढे तीन बजे गह्रौं भारीसहित दुम्लिङ नजिक भारतबाट नेपालतर्फ आउँदै गर्दा तुइन चुडिएर वेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस