जापान, आजकाल सामाजिक संजाल या ब्यक्तिगत रुपमा पनि ह्याण्ड क्यास काम अर्थात काम गरेको तलब बैंक खातामा नभई हातमै दिने कामको खोजी गर्नेहरुको संख्या अत्याधिक देखिन्छ । बिशेष गरी बिद्यार्थी र डिपेन्डेन्ट भिसामा रही हप्ताको २८ घण्टा भन्दा बढि काम गर्न नमिल्ने ब्यक्तिहरुबाट यस खालको अनुरोध भएको पाइन्छ ।
जापानका अधिकांश कम्पनीहरुले आफ़्ना कर्मचारीहरुलाई बैंक मार्फ़त नै तलब भुक्तानी गर्छन । तर कम्पनीको अनुकुलता तथा कर्मचारीको अनुकुलता हेरेर ह्याण्ड क्यास मा तलब दिने कम्पनीहरु पनि हुन्छन् । बिशेष गरेर आरुबाइतो वा पार्ट टाइम कर्मचारीको हकमा यस्तो गर्ने गरिन्छ । तर कम्पनीले कर्मचारीलाई भुक्तानी गरेको तलब उसको खर्चको शिर्षकमा कुनै न कुनै रुपमा चढाउने गरेको हुन्छ । यदि भएको खर्च पनि रेकर्ड नराख्ने र हिसाबमा नराख्ने हो भने उसको नाफ़ा बढि देखिने हुन्छ र सो बापतको कर कम्पनीले सरकारलाई तिर्नु पर्ने हुन्छ । आम्दानी लुकाई कर छली गरेको घट्ना सुन्न पाइन्छ तर खर्च लुकाई कर बढि तिर्ने गरेको भन्ने सुन्न पाइन्न ।
तलब क्यासमा लिने वा बैंकमा लिने भन्दा पनि तपाईंको कम्पनीले तलबको बिवरण सिटी अफ़िसमा पठाउंछ कि पठाउंदैन भन्ने महत्वपूर्ण कुरा हुने हुनाले ह्याण्ड क्यासमा काम गर्नु अघि उक्त कुराको निधो गर्नु आवश्यक हुन्छ
अब कुरो आयो, के ह्याण्ड क्यास काम गर्दैमा तपाईले बुझेको तलब कतै पनि रेकर्ड राखिएको हुंदैन त ? त्यसो पक्कै होइन । कम्पनीले हरेक बर्षको अन्तमा, आफ़्नो कम्पनीमा काम गर्ने कर्मचारीहरुलाई भुक्तानी गरेको तलबको बिवरण अर्थात 給与支払報告書 सम्बन्धित कर्मचारी अर्थात तपाईं बसेको सिटी अफ़िसमा बुझाउनु पर्ने कानुनी प्रावधान हुन्छ । त्यसैले, तपाईंले तलब चाहे क्यासमा बुझ्नुस चाहे बैंकबाट बुझ्नुस, कम्पनीले सिटी अफ़िसमा बिवरण बुझाएको खण्डमा तपाईंको तलब आम्दानी र त्यस बापत लाग्ने कर सिटी अफ़िसले हिसाब गरी तपाईंलाई पठाउने गर्दछ ।
“ह्याण्ड क्यास मा काम गरेको थिएं तर नोजेइ/खाजेइ स्योमेइस्योमा त सबै देखियो र ओभरवर्कको कारण देखाएर भिसा नै बिग्रियो” भन्ने ब्यक्तिहरु पनि धेरै नै हुनुहुन्छ । त्यसैले तपाईंले तलब क्यासमा लिने वा बैंकमा लिने भन्दा पनि तपाईंको कम्पनीले तलबको बिवरण सिटी अफ़िसमा पठाउंछ कि पठाउंदैन भन्ने महत्वपूर्ण कुरा हुने हुनाले ह्याण्ड क्यासमा काम गर्नु अघि उक्त कुराको निधो गर्नु आवश्यक हुन्छ जस्तो लाग्छ ।
यदि, कम्पनीले कतै पनि रेकर्ड नराखी तपाईंको तलब खर्च भुक्तानी गरेको छ भने उक्त कम्पनीले सोही अनुपातमा आफ़्नो आम्दानी पनि लुकाएको हुन सक्छ । जुन कुरा एक न एक दिन कर कार्यालयको चेकिंङमा पत्ता लाग्ने सम्भावना हुन्छ र त्यस बखतमा तपाईंलाई पनि अप्ठ्यारो पर्न सक्छ ।
त्यसैले, यदि तपाईं ह्याण्ड क्यास मा तलब बुझ्दै हुनुहुन्छ भने पहिले कम्पनीसंग निधो गर्नुस कि, तपाईंको तलब बिवरण सिटी अफ़िसमा जान्छ कि जांदैन ?
(नोट: ब्यक्तिगत तथा जेइरिसीहरुसंग लिईएको जानकारी र अनुभवको आधारमा तयार पारिएको हो )
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस