जाजरकोट : चालक अनुमतिपत्र नभएका ब्यक्तिलाई मोटरसाइकल दिएका एक व्यक्ति पक्राउ परेका छन्। चालक अनुमति नभएका व्यक्तिलाई मोटरसाइकल दिएर दुर्घटनामा परेपछि फरार रहेका सवारी धनी उदयपुर त्रियुगा नगरपालिका-५ स्थायी घर भई हाल गोल्डेन गुड शेर्पा कन्ट्रक्सनका साईड इन्चार्ज रहेका ३३ वर्षिय उदयमान श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।
उनले केही समय अघि सवारी चालक अनुमति पत्र नभएका जाजरकोट नगलगाड नगरपालिका-५ कालीमाटीका २२ वर्षिय सोमराज वलीलाई आफ्नो मोटरसाइकल दिएका थिए। वलीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।
चालक अनुमति पत्र नभएका अनाधिकृत ब्यक्तिलाई आफ्नो मोटरसाइकल दिएको र दुघर्टनामापरी ज्यानै गएपछि श्रेष्ठ फरार भएका थिए। दुघर्टना २०७८ जेठ १६ गते भएको थियो।@ annapurna Post
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस