चितवन भरतपुर १४ र १५ को शिवनगर मंगलपुर लगायतका विभिन्न ठाउमा पाँच दलीय गठबन्धनले आइतबार चुनावी सभा सम्पन्न गरेको छ ।
कांग्रेस चितवनका प्रमुख नेताहरु नेपाली काग्रेस चितवनका पूर्वसभापति एवं केन्द्रीय सदस्य टेकप्रसाद गुरूङ नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली कांग्रेसका नेता विजय भूषाल, एकीकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्यौपाने, नेपाली कांग्रेसका पूर्वसभापति जीतनारायण श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जली श्रेष्ठ, संविधानसभा सदस्य एवं नेपाली कांग्रेस चितवनका पूर्वसभापति रामकृष्ण धिमिरे, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, कृषि तथा वनविज्ञान विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा सूर्यकान्त घिमिरे, कांग्रेस केन्द्रीय सदस्य शान्ति परियारलगायतका नेताहरुको सहभागिता थियो ।
चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगरपालिका प्रमुखकी उमेदवार रेनु दाहालले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनका साझा उमेदवारहरुलाई मतदान गरी विजयी गराउन आग्रह गरेकी छन् ।
आफूले बितेको ५ वर्षमा गठबन्धनको मर्म र भावनाबमोजिम महानगरको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको र आगामी ५ वर्ष पनि अझ नगरवासीको चाहनाअनुसारको विकास, सुशासन र सामाजिक क्षेत्रको विकासको लक्ष्य लिएर अगाडि बढेको भन्दै पाँच दलीय गठबन्धनको घोषणापत्रमा गरिएको प्रतिबद्धताअनुसार नै अगाडि बढ्ने प्रतिबद्धता गरेकी थिइन् । सुरू गरिएका काम सम्पन्न गर्न र महानगरीय गुरूयोजनाअनुसार अगाडि बढ्नका लागि पाँच दलीय गठबन्धनले गरेको निर्णयअनुसार नै आफूले दोस्रो कार्यकालका लागि उमेदवार दिएको उनले प्रस्ट पारिन् ।
चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रकी नेत्री तथा भरतपुर महानगरपालिका प्रमुखकी उम्मेद्वार रेनु दाहालले आफूले बितेको ५ वर्षमा गठवन्धनको मर्म र भवना बमोजिम महानगरको समग्र बिकासमा महत्वपूर्ण भूमिका खेलेको र आगामी ५ वर्र्ष पनि आफू नगरवासीको चाहना अनुसारको बिकास सुसाशन र सामाजिक क्षेत्रको बिकासको लक्षलिएर उगाडि बढेको भन्दै पॉच दलिय गठवन्धनको घोषणा पत्रमा गरिएको प्रतिवद्धता अनुसार नै अगाडि बढ्ने प्रतिवद्धता गरेकी थिइन ।
उनले पाँच वर्षे कार्यकालमा ६२२ किलोमिटर सडक कालोपत्रे गरिएको लगायत ,सिटी हल, पूलचोक गोन्द्राङ् व्यूटिफिकेशन सहितको सडक, चारलेनको बाईपास सडक, महानगरीय रिङ्रोड लिङ्क रोड, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला, उज्ज्यालो भरतपुर अभियान जस्ता महत्वपूर्ण पूर्वाधारको शुरुआत गरिएको जानकारी दिइन् ।
भरतपुर विमानस्थलको स्तर उन्नती, देवघाटमा निर्माणाधीन शवदाह स्थललगायत स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएका महत्वपूर्ण उपलब्धी वितेको पाँच वर्षको गठबन्धनको परिणाम भएको बताइन् । आगामी कार्यकालमा निर्माणाधीन पूर्वाधार संगै नारायणी तटबन्धन, नारायणी नदी किनारको प्रस्तावित सीविच मोडेल, भरतपुर विमानस्थलको स्तर उन्नती, कोरियन सरकार संग भएको फोहर व्यवस्थापन सम्बन्धी कामलगायत थुप्रै पूर्वाधार एवं पर्यटकीय सम्भावनाका क्षेत्रमा काम अगाडि बढाउने तयारीमा रहेको पनि बताइन् । शुरु गरिएका काम सम्पन्न गर्न र महानगरीय गुरु योजना अनुसार अगाडि बढ्नको लागि पाँच दलीय गठबन्धनले गरेको निर्णय अनुसारनै आफुले दोस्रो कार्यकालको लागि उम्मेद्वार दिएको उनले प्रष्ट पारिन ।
उक्त चुनावी सभालाई सम्बोधन गर्दै उपप्रमुख पदका उमेदवार चित्रसेन अधिकारीले पाँच दलीय गठबन्धन समग्र भरतपुर महानगरपालिकाको विकास र सुशासन कायम गर्ने सङ्कल्पसहित चुनावी मैदानमा होमिएको बताए । उनले सानो गल्तीले पछि पछुताउनुको विकल्प नहुने भन्दै प्रतिगमनविरूद्धको यो लडाइँमा पाँच दलीय गठबन्धनका उमेदवारलाई विजयी गराउन सबैसँग अनुरोध गरे ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेस चितवनका पूर्वसभापति एवं केन्द्रीय सदस्य टेकप्रसाद गुरूङले गठबन्धनलाई टुटाउन सकिन्छ कि, मतदाताहरुलाई भ्रमित पार्न सकिन्छ कि भनेर गरिएका सम्पूर्ण भ्रम केही दिनयता समाप्त भएको बताए । उनले बाटो बिराएका सबैलाई मूलधारमा फर्कन आग्रह गर्दै गठबन्धनका उमेदवारलाई जिताउन अनुरोध गरे ।
चुनाबीसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले गठवन्धनको आवस्यकता र औचित्य बारे प्रस्ट पारेका थिए । उनले पाँच दलीय गठबन्धन भित्र रहेर गठबन्धनका साझा उम्मेद्वार विरुद्ध बोल्ने र चलखेल गर्ने अधिकार कसैलाई पनि नभएको बताएका थिए । सभापति खनालले गठबन्धनका उम्मेद्वारलाई विजय गराउने तर्फ लाग्न आम मतदातालाई अनुरोध गर्दै नेपाली काँग्रेस चितवनका पार्टी सदस्य एवं शुभचिन्तकहरुमा अनुरोध गरेको थिए । सभापति खनालले बागी बिद्रोही र प्रतिगमन पक्षधर उम्मेद्वारले छरेको भ्रम चिर्दै बाँकी रहेको समय कत्तिपनि खेर नफाल्न र मतदान गर्ने विषयमा समेत आम मतदातालाई शिक्षा दिन आम युवा पंतिमा अनुरोध गरेका थिए । उनले भने, “तपाईहरु मतदाताको घरघरमा जानुहोस मत कसरी राख्ने भन्ने सिकाउनुहोस ताकी गठबन्धन तर्फको एक मत पनि बदर नहुने अवस्था बनाउनुहोस ।” उनले हँसिया हथौडा, कलम र रुख चिन्हमा कुनै विभेद नगर्नुहोस चार तारे झण्डा होस या हसिँया हथौडा चिन्ह अंकित झण्डा होस जुन आइपर्छ त्यही बोक्नुहोस हामी एउटा यात्रा र एउटै गन्तव्यका यात्री हौ भनेर एक अर्कोलाई भरोसा र विश्वास गर्नुहोस भन्ने सन्देश दिएका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका नेता बिजय भुषालले प्रतिगमनकारीहरूलाई परास्त गर्दै लोकतान्त्रिक व्यावस्था स्थापना गर्न गठबन्धन आवस्यक भएको भन्दै बिकास ,सुसाशन र बिधिको साशन स्थापित गर्न मेयर रेनु दाहाल र उप मेयर चित्रसेन अधिकारीको नेतृत्व रहेको टीमलाई वडातह सम्म विजयी गराउन अनुरोध गरे ।
कार्यक्रममा एकीकृत समाजवादी चितवनका उपाध्यक्ष कृष्णराज न्योपानेले विकास प्रेमी ईमानदार उमेद्वार रेनु दाहाल र चित्रसेन अधिकारीको नेत्रित्वको टिम महानगरको विकासको लागि आवस्यक रहेको औल्याए । र गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस