चितवन, उन्नत लोकतन्त्र पार्टी भरतपुर महानगर पालिका मेयरपदका उमेद्वार दिपेन्द्र वास्तोलाले स्थानीय चुनाव बैशाख ३० गते हुने चुनावी प्रचार प्रसारलाई तिब्ररुपमा अगाडि बड्यको छ! भने पार्बतिपुर ,कृष्णचोक ,चनौली बजारमा कोण सभा सम्पन्न गर्दै मेयरका उम्मेद्बार दीपेन्द्र बास्तोलाले आफ्नो पार्टीले गर्न्ने काम योजनाको बारे जनतालाई सुनाउदै जनतालाइ तमसुक पत्र बितरण गर्न्नु भएको कुरा उहाको प्रचार बिभाग संगीत बानियाले जनाउनु भयो !
स्थानिय चुनाव २०७९ लक्षित कार्यक्रम लाई मध्यनजर गर्दै उन्नत लोकतन्त्र पार्टी जनताको चासो गुनासो सुन्दै किसान,व्यापारी,उधोगी,पर्यटन र विशेष गरि पश्चिम चितवन २८/२७/२६ नम्बर वाडमा सिंचाइ ,जंगली जनवार र बाढि बाट हुने समस्यको बारे जनताको कुरा सुन्दै मेयरका उम्मेद्बार दिपेन्द्र बास्तोलाले हार र जित जे हुदा पनि जनताको सेवा र सामाजिक क्षेत्रमा काम गर्न्न आयको , जनताको अनुहारमा खुशी हेर्न्न आयकोले राजनिती सेवाको क्षेत्र भएकोले कुनै तलब सेवा सुबिधा बिना नै आफू काम गर्न्ने कुरामा जनता सामु तमसुक पत्र हस्ताक्षर गर्दै भन्नू भयो ! पार्टीको मुल एजेन्डा नै खराब उम्मेद्बार लाई बहिस्कार गर्न्न पाउने राइट टु रिजेक्ट र आफुले काम गर्छु भनेको उम्मेद्बार ले आफ्नो बाचा पूरा गरेन भने फिर्ता गर्न्न पाउने ब्यबस्था राइट टु रिकलको ब्यबस्था (RIGHTT RETECT / RECALL, “शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली निशुल्क जनतालाइ दिनुपर्न्ने राज्यको दाइत्व पर्न्ने हुदा बास्तोलाले जिते उहीँ दिन बाट सबै निशुल्क हुने बताउनु भयो !
भौतिकपूर्वाधारको, पर्यटन ,कृषि ,सहकारी ,जस्ता विषय समेटेर जनता सगै योजना बनाउने ,सरकारी जमिन सुरक्षित गर्दै खेलमैदा पार्क तथा विश्राम स्थल बनाउने जस्ता महत्वपूर्ण विषयलाइ समेटेर तयार पारिएको प्रतिवद्धता तथा तमसुक पत्रको बारे सबै लाई जानकारी गराउनु भएको थियो! खर्चिलो संघीयता खारेज गर्दै स्थानीय निकायलाइ शक्ति सम्पन गर्दै चुनाबी प्रणाली परिबर्तन गर्दै ५१% ले मात्र चुनाब जित्न्नु पर्न्ने खर्च बिहिन चुनाब ,प्रबिधि युक्त ब्यबस्था हुने ,भ्रष्टाचार र स्रोत नखुलेको सम्पती राष्ट्रिकरण गर्दै ५०० र १००० को नोठ बन्द गर्दै भ्रष्टाचार मुक्त समाज बनाउने ,राष्ट्रपति ब्यबस्था साम्सद प्रधानमन्त्री मन्त्री हुन नपाउने जस्ले गर्दा जनता प्रती जनप्रतिनिधि उत्तरदायित्व बनाउने छ !तेसैले अब हुने स्थानीय चुनावमा खुल्ला किताब चुनाव चिन्हमा मतदान गरि अमुल्य मतको सदुपयोग गर्दै आज सम्म खेर गयो अब खेर नजाने गरि मतदान गर्न्न हार्दिक अनुरोध गर्न्नु भएको थियो मेयरका उम्मेद्बार दीपेन्द्र बास्तोलाले प्रचार प्रसारको क्रममा गोलाघाट राप्ती र नारायणी तटीच क्षेत्र र आसपासका क्षेत्र लाई समष्टीगत पर्यटनको हव बनाउने कुरामा विशेष पहल गर्न्न कुरा समेत बास्तोलाले राख्न्नु भयो अब को नया पर्यटकिय गन्तव्य भनेको गोलाघाट भएकोले पर्यटकिय विमान स्थल लाई पनि सुचारु गर्न्ने कुरामा आफ्नो पहल हुने कुरा भन्नू भयो !बास्तोला सहित उन्नत लोकतन्त्र पार्टीले भरतपुर महनगर पालिका १४ न वाडमा पनि वाड अध्यक्षको उम्मेद्बार कृष्ण प्रसाद अधिकारिको दिएको छ ! अबको निर्बिकल्प भनेकै उन्नत लोकतन्त्र पार्टी भएको हुनाले “”उन्नत लोकतन्त्र प्रत्यक्ष प्रजातन्त्र “” नै आफ्नो पार्टीको बिचार भएकोले काङ्ग्रेस कम्युनिस्ट सबै एउटा पार्टी हामी एउटा पार्टी हुदा अब देश अगाडि बड्छ जनता सचेत हुन र खुल्ला किताबमा मतदान गर्न्न सबैलाइ अनुरोध गर्न्नु भयो!
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस