चितवन, प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा हिँड्न थालेका छन् । गठबन्धनका दलले बिहीबार भरतपुरमा आयोजना गर्न लागेको चुनावी सभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । देउवा नेपाली सेनाको जहाज चढेर साँझ साढे ५ बजे भरतपुर विमानस्थलमा ओर्लिएका हुन् ।
प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो। निर्वाचन आचारसंहिता लाग्ने भएकाले उनी नीजि गाडीमा चढेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन्।
श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए।
उनले भने, ‘यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ।’
श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन्।
उनले थपे, ‘सबै खर्च पार्टीले गर्नेछ।’
सभापति देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन्।
जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् । उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बुधबार चितवन आइसकेका छन् । बिहीबार हुने सभालाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल , नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापासहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
पाँच दलीय गठबन्धनले बिहीबार केन्द्रीय बसपार्कमा चुनावी सभाको आयोजना गर्दै छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस