चितवन, जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा हुने सबै खाले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई दुई दिन समयर दिएर बाँकी आयोजनाको तयारीमा रहेको रत्ननगर महोत्सव, खिचरा महोत्सव तत्काल बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई दुई दिन समयर दिएर बाँकी आयोजनाको तयारीमा रहेको रत्ननगर महोत्सव, खिचरा महोत्सव तत्काल बन्द गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि पवित्र तीर्थस्थल देवघाटमा लाग्ने माघे संक्रान्ति मेला यसवर्ष नहुने भएको छ । जिल्ला प्रशासन कार्यालयले चितवनको देवघाटमा माघ १ गते लाग्ने मेला कोभिडका कारण रोक लगाउने निर्णय गरेको हो । प्रत्येक वर्ष माघे संक्रान्तिका दिन देवघाटमा स्नानका लागि ठूलो मेला लाग्ने गरेको छ ।
पछिल्लो समय चितवनमा पनि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबारसम्ममा चितवनमा सक्रिय संक्रमितको संख्या ८२ पुगेको छ भने ७५ जना होम आइसोलेशनमा छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस