भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने महिलामाथि गोली प्रहार भएको छ ।
भारतको उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो भण्डा देखाउने रीता यादवमाथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते भएकी यादवको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
उनीमाथि गोली प्रहार गर्नेहरुको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । घाइते रीता यादवले आफू पोस्टर ब्यानर बनाउन सुल्तानपुर गएको र घर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको बताएकी खबरमा उल्लेख गरिएको छ ।
उनले भनेकी छिन्, ‘मेरो गाडीका चालकको कन्चटमा पेस्तोल राखे, मैले जब उनीहरुलाई चड्कन हानेँ । उनीहरुले मलाई गोली हाने । गोली मेरो खुट्टामा लाग्यो । त्यतिबेलासम्म उनीहरु भागिसकेका थिए ।’ गएको नोभेम्बर १६ तारिखमा उनले प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी थिइन् ।
कालो झण्डा देखाएको भन्दै यादवलाई पक्राउ गरेको थियो । पक्राउ गरेको दुई दिनपछि उनलाई रिहा गरिएको थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस