चितवनमा नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारी चलिरहेको छ। देशभरबाट पाँच लाख कार्यकर्ता भरतपुरमा उतार्ने एमालेले घोषणा गरेको छ।
महाधिवेशनको उद्घाटन कार्यक्रमलाई लक्ष्य गरेर जिल्ला सुरक्षा समितिले मंसिर १० गते साढे आठ घन्टा भरतपुरको मुख्य क्षेत्रमा सवारी निषेध गर्ने निर्णय गरेको छ। त्यो अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि सवारी साधन चल्न पाउने छैनन्।
पश्चिम नेपालबाट आउने सवारी साधनलाई नारायणी नदीको पुलपारिनै रोकिनेछ। त्यो समय एम्बुलेन्स पनि चितवन प्रवेश गर्ने सम्भावना छैन, काठमाडौं, पोखरा क्षेत्रबाट आउनेलाई आँपटारी क्षेत्रमा र पूर्वी नेपालबाट आउने सवारी साधनलाई केन्द्रीय बसपार्कबाट पूर्वतर्फ रोकिनेछ।
यसरी राजनीतिक दलको महाधिवेशनको समयमा राजमार्ग नै बन्द गर्ने, जिल्ला सदरमुकामको मुख्य क्षेत्रमा सवारी निषेध गर्ने, एम्बुलेन्स, दमकल लगायत अत्यावश्यकीय सवारीले समेत आवातजावत गर्न नसक्ने गरी सरकारी निकायबाटै गरिएको निर्णयको चौतर्फी आलोचना भइरहेको छ। निर्णयबाट बाटैमा धेरै मान्छेको हताहती हुनसक्ने सम्भावना रहन सक्छ।
जिल्ला सुरक्षा समितिको निर्णय कार्यान्वयन भए मंसिर १० गते बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म भरतपुरका अस्पतालहरूमा पनि बिरामी जान सक्दैनन्।मेडिकल सिटी को रुपमा बिकसित भैरहेको चितवन मा दैनिक सयौ एम्बुलेन्स ओहोरदोहोर गरिरहेका हुन्छन् एम्बुलेन्सजस्तो अत्यावश्यकीय सवारी साधनसमेत चल्न नसक्ने गरी सडक बन्द गर्नु सरकारको निकम्मापन र अकर्मण्यता हो। ठूला बाढी पहिरो दुर्घटना मा हरूमा पनि बन्द नहुने कुरा राजनीतिक दलको महाधिवेशनमा हुने भयो भन्दै सर्बसाधरण बाट गुनासो भयको देखिन्छ ।
सरकारी निकायले गरेको निर्णयमा मौन बसेर नेकपा एमालेले गैरजिम्मेवारी देखाएको देखिन्छ। ‘एमाले जिम्मेवार पार्टी हो भने सरकारले गरेको यस्तो निर्णय बिरोध गर्दै तुरुन्तै निर्णय फिर्ता गर भनेर वक्तव्य जारी गर्नुपर्थ्यो । तर आजसम्म यसो गरेको देखिदैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस