हेटौंडा बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपरान्ह ३ : ३० बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवाद केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्रीको शपथ लिएका छन् ।
भडेललाई भौतिक पूर्वाधार,मोक्तानलाई सामाजिक विकास र खनाललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रदेश सभामा नेकपा एमालेले बहुमत गुमाएपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएकी थिइन् । एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नवगठित एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बनेको छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस