स्वास्थ्य मन्त्रीले चुम्वन गरेको फोटा भाइरल भएको छ। लायतका स्वास्थ्यमन्त्रीले आफ्नै प्रेमिकासँग गरेको चुम्बन भाइरल भएको हो ।त्यही चुम्बनका कारण उनले राजीनामा दिएका छन् । कोराना महामारीको बेला आफ्नी प्रेमिकालाई चुम्बन गरेपछि बेलायतका स्वास्थ्य मन्त्रीले राजीनामा दिनु परेको हो ।
सामाजिक दूरी पालना नगरेको भन्दै आलोचना भएपछि स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका हुन। उनले आफ्नी सहयोगी जीना कोलाडंगेलोलाई कार्यालयमा चुम्बन गरेका थिए । प्रधानमन्त्री बोरिस जोनसनलाई राजीनामा लेख्दै हेनककले यो महामारीमा जति मानिसहरुले बलिदान दिएका छन।
त्यो हेर्दा यदि हामी उनीहरुसँग केही गलत गर्छौं भने हाम्रो जिम्मेवारी नैतिकता देखाउनु हुन्छ। उनकी सहयोगी जीना एउटै कार्यालयमा काम गर्छिन । त्यसो त उनी विवाहित हुन। उनको बिहे भएको १५ वर्ष पुगेको छ भने तीन छोराछोरी पनि छन् ।
तर कार्यालयमा कार्यरत जीनासँग उनको अफेयर चल्दै आएको थियो। जीना पनि विवाहित हुन। यी दुबैले कार्यालयमा चुम्बन गरिरहेको तस्वीर भाइरल भएपछि मानिसहरुले आलोचना सुरु गरेका थिए। उनले त्यसपछि माफी मागेका थिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस