काठमाडौं । नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली नबनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भइरहे पनि अन्यत्रको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकीका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश १, वाग्मती, गण्डकी सहितका सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । महाशाखाले मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन पनि अनुरोध छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस