काठमाडौँ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ ।
असोज १० देखि १२ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको उद्घाटन प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसको प्रांगणमा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन् ।
सम्मेलनअन्तर्गत ११ गते विधान प्रतिवेदन प्रस्तुत हुने र १२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने बताइएको छ । यसअघि तय भएको सम्मेलन नेतृत्वबीच सहमति हुन नसक्दा पटक-पटक सर्दै आएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस