चितवन, सिमराबाट काठमाडौं जाँदै गरेको ट्रक त्रिशूलीमा नदीमा खसेको छ ।
नारायणघाट-मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिकाऔ२९ को २५ किलोबाट त्रिशूली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक खसेको छ ।
प्रहरीका अनुसार ट्रक त्रिशूलीको किनारमा खसेको जानकारी आएपनि क्षति बारे थप विवरण आउन बाँकी छ।
यतिबेला प्रहरीको टोली त्यसतर्फ खटिएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस