भोजपुर । प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन् ।
आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । ‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशलाई उनको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिइएको छ ।
षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, वडा अध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंको उपस्थितमा प्रकाशलाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस