काठमाडौँ । संयुक्त राष्ट्र संघका एजेन्सी र स्थानीय स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन ठूलो अभियान सुरु गर्न लागेका छन् ।
संयुक्त राष्ट्र संघ र स्थानीय स्वास्थ्य अधिकारीहरुको यो अभियान आइतबारदेखि सुरु हुँदैछ । यद्यपि, यो अपरेशन इजरायल र हमासबीचको स्थानीय युद्धविराममा पनि निर्भर रहने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
यस अभियानको सफलताका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजाका १० वर्ष मुनिका कम्तीमा ९० प्रतिशत बालबालिकालाई जतिसक्दो चाँडो खोप लगाउनुपर्ने बताएको छ ।
गाजामा एक बालकमा पोलियोको संक्रमण देखिएपछि पोलियो खोप अभियानमा यो कदम चालिएको हो । गाजामा २५ वर्षमा देखिएको यो पहिलो पोलियो केस हो ।
यो घटना बाहिर आएपछि संयुक्त राष्ट्र संघका विज्ञहरूले गाजाका धेरै बालबालिका पोलियोबाट संक्रमित हुनसक्ने र छिट्टै कदम नचालेमा यो भयावह रूपमा फैलिने बताएका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस