रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतको गस्ती टोलीले लाखौं बराबरको अबैध भारतीय सामानसहित ४ जना मानिस लाई पक्राउ गरेको छ ।
प्रहरी गस्ति टोलीले विभिन्न समय र स्थानबाट भंसार छली, चोरी निकासीको चार लाख एकईस हजार पाच सय नब्बे बराबरको सामान सहित ४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार बरामद १ लाख ४१ हजार ९०० बराबरको लत्तकपडा,७७ हजार,६९० को किराना खाद्यान, २ लाख २० हजारको ४ थान मोटरसाईकलसहित चारै जनालाई आवश्यक कार्यवाही को लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस