काठमाडौँ । पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरी चेल्सी भित्रिएका छन् ।
चेल्सीले फेलिक्सलाई ला लिगा क्लब एटलेटिको म्याड्रिडबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार चेल्सीले फेलिक्सका लागि ५९ मिलियन डलर खर्च गरेको बताइएको छ । चेल्सीले फेलिक्सलाई ६ बर्षका लागि भित्र्याएको जानकारी दिएको छ ।
फेलिक्सले यसअघि २०२२-२३ सिजनमा चेल्सीमा लोनमा एक बर्ष खेलेका थिए ।
त्यसपछि लोनमा नै बार्सिलोनाबाट गत सिजन खेलेका फेलिक्स फेरी चेल्सीमै फर्किएका छन् ।
फेलिक्सले चेल्सी फर्किदा आफ्नो घरमा फर्किए जस्तो अनुभव भएको बताएका छन् ।
२४ बर्षिय फेलिक्स एटलेटिको म्याड्रिडमा प्रशिक्षकसँग विवाद भएपछि दुई सिजन ;लोनमा चेल्सी र बार्सिलोनाबाट खेलेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस