काठमाडौं । सहकारी संस्था बचत ठगि सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री विपिन आचार्यसँग बयान लिएको छ ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा मुछिएका आचार्यसँग आज समितिले सिंहदरबारस्थित कार्यालयमा बयान लिएको हो ।
सूर्यदर्शनबाट गोर्खा मिडियामा आचार्यको नामबाट पैसा गएको देखिइएको थियो । सो विषयमा उनीसँग समितिले बयान लिएको हो । उनी तत्कालीन समयमा गोर्खा मिडियाको क्रिएटिभ डाइरेक्टरको रुपमा कार्यरत थिए । साथै उनी नोबडी प्रडक्सन प्रालिका संचालक समेत हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस