काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने भएका छन् ।
आज प्रतिनिधि सभाको बैठकपछि उनले बालुवाटार छोड्ने तयारी गरेको उनको सचिवालयले जानकरी गराएको छ । प्रचण्ड आफ्नो खुमलटारस्थित निवासमा जादै छन् । सरकार अल्पमतमा परेदेखि नै खुमलटारस्थित निवासको सरसफाई गरिएको थियो ।
सरकार अल्पमतमा रहेकाले प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको छैन । प्रचण्डले आफ्नो कार्यकालमा भएका काम र आगामी कार्ययोजनाबारे जानकारी गराउन पार्टी कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलन गर्न लागेको माओवादी केन्द्रले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस