काठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको छ ।
उनीहरुले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस