गर्मी अत्यधिक बढेपछि चितवनको खैरहनी नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै नगरपालिकाले भोलि (शुक्रबार) बिदा दिएको हो । नगरपालिकाले आज एक सूचना जारी गर्दै एक दिन नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
चितवनको तापक्रम अहिले ३८ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस