नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैडाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट नगरपालिका–१४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो ।
माछा मार्ने क्रममा नारायणीमा डुबेको खबर पाएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलले बताए ।
माछा मार्न गएका राना राति अबेरसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस