नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोस्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।
थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ यिन यिनलाई ५-० ले पराजित गरिन् । नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीका अनुसार अन्जनीले प्रिक्वाटरफाइनलमा मोन्टेनेग्रोकी बोजान गोज्कोभिकको सामना गर्नेछिन् । सो खेल शनिबार हुनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस