चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले एकसय जना स्टाफ नर्सका लागि आवेदन खुलाएको छ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्टाफ नर्सका लागि पाँचौ तहमा आवेदन खुलाईएको हो। अस्पतालले जारी गरेको एक सूचनामा करारमा काम गर्न इच्छुक स्टार्फ नर्सलाई जेष्ठ १७ गते सम्म अस्पतालमा गई आवेदन दिन सक्ने जनाइएको छ।
१८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कुनै पनि फौजदारी अभियोगमा सजाय नपाएको र अन्य प्रचलित कानुन बमोजिम अयोग्य नभएको नेपाली नागरिकले आवेदन दिन सक्ने जनाइएको हो।
लिखित परीक्षा जेष्ठ २६ गते हुने सूचनामा उल्लेख छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस