चितवन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठलाई फोहोर उपहार पठाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कारण महानगरबासी धुलोले कष्ट व्यहार्नु परेको र त्यसको गाली महानगरले खानु परेको भन्दै बालेनले मन्त्रीलाई फोहोर उपहार पठाएका हुन् ।
उनको निर्देशनमा सडक विभाग र सडक डिभिजन कार्यालय काठमाडौँंको गेट अगाडि ट्याक्टरले फोहोर थुपारिदिएको छ ।
बालेनले सामाजिक सञ्जालमा लेख्दै यसो भनेका छन्–
माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु !
तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस