काठमाडौं– कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा शुक्रबार पनि अवरोध गरेको हो ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेस लगातार सदन अवरुद्ध गर्दै आएको छ ।
शुक्रबारको पनि कांग्रेस सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक जेठ १३ गतेसम्मका लागि स्थगित गरेका हुन् ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ १३ गते ११ बजे बस्ने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस