चितवन, जेठ १०-
नेपाली कांग्रेस चितवनले जातीय समता दिवस २०८१ को अवसर पारेर सामुहिक भोजनको आयोजना गरेको छ । भरतपुर १७ स्थित मझुवा सामुदायिक वन परिसरमा आज बिहिबार एक कार्यक्रमको आयोजना गरी सामुहिक भोजनको आयोजना गरेको हो । कार्यक्रममा ब्राहमण, क्षेत्री, गुरुङ, मगर, लामा, थकाली, चेपाङ, दराई, बोटे, कुमाल, शेर्पा, परियार, माझी लगाएत चितवन जिल्लामा बसोवास गर्ने ३५ जातजातीको उपस्थिती रहेको नेपाली काग्रेस चितवनले जानकारी दिएको छ ।
जिल्ला सहसचिव गोपाल दराईको संयोजनमा भएको कार्यक्रममा दलित समुदायबाट खाना बनाउने, जनजाती समुदायबाट खाना बाड्ने र खस आर्य समुदाय सहित सबैजना खाना खाने गरी व्यवस्थापन गरिएको थियो । सहभोज कार्यक्रमका माध्यामबाट समाजमा रहेको जातीय विभेद अन्त्य गर्नमा टेवा पुग्ने जिल्ला सभापति राजेश्वर खनालले बताए ।
उनले नेपाली कांग्रेसको नीति अनुसार समतामुलक समाज निर्माण अभियानमा जातीय निरङ्कुशताबाट समाजलाई बाहिर ल्याउनका लागि संस्थापक नेता वि.पी. कोइरालाले पार्टी स्थापनासंगै जेठ १० गते दलित समुदायका बीचमा सहभोज गरी समता दिवस प्रारम्भ गर्नुभएको स्मरण स्वरुप कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा पार्टी उपसभापति राजीव न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रदेसभा सदस्य गीता गुरुङ, महासमिति सदस्य चन्द्रध्वज गुरुङ,वेल बहादुर गुरुङ,दलित संघका पूर्व केन्द्रिय सदस्य विर बहादुर लोहनी (वि.क., स्थानिय जनप्रतिनिधि लक्ष्मी देवी महतो, वडा सभापति भरत पौडेल लगाएतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रदेश सांसद माया श्रेष्ठ, जिल्ला उपसभापति शालिग्राम शर्मा, सहसचिव दिनेश अधिकारी, जिल्ला सदस्यहरू हिरामणी अधिकारी, ज्योत्सना अधिकारी, दामोदर न्यौपाने,गुणराज पौडेल, कल्पना पौडेल, कमला दवाडी, रिता महतो, महेन्द्रसेन ठकुरी, नेपाली कांग्रेसका नेताहरू लक्ष्मीकान्त दवाडी, तुलाराम गुरुङ, सरस्वती पाण्डे, विष्णु ढकाल, सूर्यहरी मरहठ्ठा, सीता शर्मा ढकाल, रामप्रसाद अधिकारी, निर्मलराज पौडेल, वाजिराम परियार, नरजंग प्रजा, डिल्लिराज चेपाङ, बकिल प्रजा, पूर्ण गुरुङ, मन्दिरा पोख्रेल, बुद्धि विश्वकर्मा लगाएतका नेता तथा कार्यकर्ता हरूको उपस्थिति रहेको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस