चितवन,जेठ १०-
नेकपा (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशनका लागि निर्वाचन कमिटी गठन गरिएको छ । जिल्ला पार्टीको सिफारिसका आधारमा नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कमिटी गठन गरेको हो । कमिटीको प्रमुख निर्वाचन अधिकृतमा पिपीएल उपमहासचिव एवम् बागमती प्रदेश प्रमुख जगन्नाथ भण्डारीलाई नियुक्त गरिएको छ । निर्वाचन अधिकृतहरुमा यमनाथ शर्मा, राजकुमार श्रेष्ठ, शेषशंकर उप्रेती, शोभा भट्टराईलाई नियुक्त गरिएको छ ।
यही जेठ १२, १३ र १४ गते एमाले चितवनको जिल्ला अधिवेशन हुँदैछ । ऊक्त अधिवेशनमा निर्वाचन सम्पन्न गर्नका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त गरी पठाइएको आयोगले जनाएको छ ।
नेकपा (एमाले) को विधान, निर्वाचन अयोग नियमावली, निर्वाचन नियमावली, निर्वाचन आचारसंहिता, पार्टीको अन्तरपार्टी निर्देशन लगायत पार्टीको घोषित नीति र केन्द्रीय निर्वाचन अयोगको निर्देशनमा रहि निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सफलतापूर्वक सम्पन्न गर्न आयोगले निर्वाचन अधिकृतहरुलाई निर्देशन समेत दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस