काठमाडौं : ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार सिरहा घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए। उनलाई बिएन्डबी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको ललितपुर प्रहरी परिसरले जनाएको छ । ठक्कर दिने गाडीबारे खुलिसकेको छैन। ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस