जेठको २५ गते रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’को प्रचार सामाग्रीमा दर्शकको आँखा पर्न सकेको छैन । निर्माणपक्षले निरन्तर फिल्मको प्रचार सामाग्री सार्वजनिक गरेर दर्शकको ध्यान तान्ने कोशिश गरेपनि दर्शकलाई भने फिल्मका प्रचार सामाग्रीमा खासै मोह देखिएको छैन ।
युट्युबमा यो फिल्मको दुई वटा गीत र टिजर सार्वजनिक भइसकेको छ । तर, यी तीन सामग्रीको भ्यूज हेर्ने हो भने, फिल्मका लागि निर्माण टिमले अब बलियो बिषय ल्याउनुपर्ने देखिन्छ ।
फिल्मको टिजरले ५ लाख भ्यूज पनि बटुल्न सकेको छैन । सार्वजनिक दुबै गीतले दर्शकको साथ पाउन सकेनन् । यसको पछाडि केही कारण छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहमाथि दर्शकको मोह पहिले जस्तो छैन । करिअरको सुरुवातमै धमाका मच्चाएकी साम्राज्ञीको क्रेज अहिले कमजोर बनेको छ । यसको असर फिल्मको प्रचार सामाग्रीमा पनि देखिन्छ ।
अर्कोतिर, एबी प्रोडक्शन फिल्मको रिलिजको क्रममा गम्भीर नबनेका उदाहरण पनि यसअघि देखिएका छन् । यस्तो अवस्थामा घनश्याम लामिछाने निर्देशित फिल्मले दर्शकको ध्यान कसरी तान्न सक्ला, हेर्न बाँकी छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस