भरतपुर, जेठ ८–
स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा भरतपुरमा दुई युवक घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–९ स्थित स्टेप बाईस्टेप बोर्डिङ स्कुल बाट भानु चोक तर्फ जाँदै गरेको बा प्र०६–०२ प२४३७ नं.को स्कुटर मंगलबार बिहान करिब ४ बजेको समयमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर–३ कमलनगर बस्ने २० वर्षीय सुरज मगर र १९ वर्षिय मिक्कि लामा रहेका छन् । मगरको टाउकोमा चोट लागेको र लामा सामान्य घाईते भएकाले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस