काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ ।उक्त बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने सचेतक निशा डाँगीले जानकारी दिनुभयो । आजैदेखि सुरु हुने प्रतिनिधिसभाको तेस्रो अधिवेशनको तयारीबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।
“आजको बैठकमा धेरै एजेण्डा छैन । सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे र गैरसरकारी विधेयकबारे सदस्यहरुको तयारीको विषयमा छलफल गर्दैछौँ”, सचेतक डाँगीले भन्नुभयो, “बैठकमा सदस्यहरुको हिउँदे अधिवेशनमा प्रस्तुत गरिएको प्रभावकारी एवं सृजनात्मक भूभिकाबारेमा समेत छलफल हुने छ ।रासस
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस