काठमाडौं- कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ कालिका टोलस्थित सोही ठाउँ डेरा गरी बस्ने राजेश उपाध्यको सेनिटरी प्याडको गोदाममा ईन्भटरको तार सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ३ लाख ३२ हजार रूपैयाँ बराबरको प्याड जलेर नष्ट भएको छ ।
उदयपुर, त्रियुगा नगरपालिका–११ टेम्पु चोकस्थित राज अटो पार्टस पसलमा आइतबार साँझ आगलागी हुँदा उक्त आगो फैलिएर नजिकै रहेको ४ वटा घरहरु पूर्ण रूपमा र ५ वटा घर आंशिक रुपमा जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
रूपन्देहीको सैनामैना नगरपालिका–८ बासँगढीस्थित सिटिजन बैंकको गोदाममा तार सर्ट भई गएराति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस