काठमान्डौ/काठमाडौं महानगरपालिकाले प्लाष्टिकका ट्रि प्रयोगमा निषेध गरेको छ । भाटभटेनी सुपरमार्केटलगायतका सपिङ मलमा राखिएका क्रिसमस ट्रि काठमाडौं महानगरपालिकाले हटाइदिएको छ ।
पुस ९ गते परेको क्रिसमस डेको अवसरमा विभिन्न सपिङ मलले सजावट सुरु गरेका छन् । महानगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा यसअघि रोक लगाएको उल्लेख गर्दै अहिले पनि प्लाष्टिकका क्रिसमस ट्रि राख्न बन्देज गरिएको जनाएको छ ।
‘हामीले क्रिसमस ट्रि एकपल्ट प्रयोग गरेर फाल्ने होइन तर महानगरले एकाएक बन्द गराउँदै आएको छ,” एक व्यवसायीले भने, ‘अहिले अन्तिम समयमा आएर रोक लगाउँदा हामीलाई अप्ठेरो परेको छ भने क्रिसमस मनाउनेहरुको अधिकार पनि हनन् भएको छ ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस