काठमाडौं । संघीय संसद्को नयाँ महासचिवमा पदमप्रसाद पाण्डेयको नाम सिफारिस भएको छ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हाल संघीय संसद्का सचिव रहेका पाण्डेयलाई महासचिवका लागि सिफारिस गरेका हुन्।
यसअघि संघीय संसद्को महासचिव रहेका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए ।
संघीय ससंद्को सचिव हुनुअघि पाण्डेय महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायधिवक्ता थिए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस