नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चितवन नेपाली कांग्रेसको हातबाट गएको बताएका छन् । चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२ औं अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले पार्टीमा व्यक्तिवाद हावी भएको बताउँदै चितवन कांग्रेसको हातबाट उम्केको टिप्पणी गरे । चितवन प्रजातान्त्रिक बाटोबाट हिँडिसकेको उनले टिप्पणी गरे । ‘यो गल्ती नेपाली कांग्रेसबाटै भएको हो’, उनले भने, ‘म तपाईंहरुलाई दोष दिन्नँ, कारण तपाईंहरु होइन, कारण हामी केन्द्रका नेतृत्वका कारणले यस्तो भएको हो ।’
तर चितवनमा रहेका कांग्रेसका नेताहरु ठीक छन् त भन्ने पनि ठूलो प्रश्न भएको उनले बताए । ‘व्यक्तिवादी चरित्र यति धेरै हावी भएको छ कि नेतृत्वलाई एक्सेप्ट नै नगर्ने अवस्था आएको छ’, उनले भने, ‘हाम्रो कमजोरी गल्ती छ नै नेतृत्वकै कमजोरी त छ नै तर चितवनकै कांग्रेसीहरु चाहिँ ठीक हुनुहुन्छ त भन्ने प्रश्न सधैं रहिरहेको छ ।’ उनले गत स्थानीय तहको निर्वाचनको अवस्थालाई इंगित गर्दै यस्तो बताएका हुन् ।
फाइल तस्विर
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस