नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपांगता भएका व्यक्तिलाई टिकटमा छूट दिने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा निगमले छूटको घोषणा गरेको हो। हरेक आन्तरिक उडानमा शुरूमा टिकट काट्ने अपांगता भएका दुई यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छूट दिने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
निगमले जारी गरेको सूचनामा भनेको छ, ‘अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, नीलो र पहेंलो वर्गको अपांगता परिचयपत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुई जना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छूट दिने निर्णय गरिएको छ।’
यो सुविधाका लागि सम्बन्धित यात्रुले सक्कल परिचयपत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने जनाइएको छ।
https://www.himalkhabar.com/news/139120?fbclid=IwAR30Y1FbGVMrfo9Vd0NA2zowUTRlsN72QXwhmHnP7-9jkmW33k7p8R7o8Co
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस