नेपाली पैसा
काठमाडौं : इङवा हाइड्रोपावरको आइपीओ ९५ करोड २१ लाख ३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (वैशाख १५ गते) साँझ ५ः०३ बजेसम्ममा ८ लाख ६१ हजार १९५ जना आवेदकले ९५ लाख २१ हजार ३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७.५० गुणा बढी आवेदन हो । कम्पनीले बुधबार (वैशाख १३ गते) देखि सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले कुल १८ लाख कित्ता आइपीओमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ५% अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको हो । यसमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ मंसिर २२ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस ४ गतेसम्म बाहल रहनेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस