१८ मंसिर, दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । लेकम गाउँपालिका–४ रातामाटास्थित दवलपाती भीरबाट लडेर एक महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउँसो घाँस काट्ने गएकी ५५ वर्षीया तुलसी पाठकको भीरबाट लडेर मृत्यु भएको हो । रातामाटास्थित देवपाती भीरमा घाँस काट्ने क्रममा लडे पछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ती महिला करिब ६० मिटर तल खसेकी थिइन् । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस