सिरहा: सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित रिना मोटरसाइकल वर्कशपमा शनिबार बेलुका भएको आगलागीबाट करिव दश लाख रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको छ ।
सो आगलागीमा परी एक जना घाइते भएका छन् । आगो निभाउने क्रममा वर्कशपका संचालक शम्भु यादव घाइते भएको प्रहरीले जनाकारी दिएको छ । घाइते यादवको उपचार स्थानीय एक क्लिनिकमा भइरहेको छ । उनको अवस्था सामान्य रहेको परिवारजनले जनाएको छ ।
स्थानीय एवम् प्रहरीको सहयोगमा एक घण्टापछि आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस