काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले राजनीतिक दलका नेताहरूप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। उनले बुधबार राति सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलका नेताबाट देश नबन्ने धारणा राखेका हुन्।
नयाँ तथा पुरना पार्टीहरूले अहिले नै आगामी निर्वाचनका लागि तयारी भन्दै ‘मिसन ८४’को शंखघोष गरेर अगाडि बढिरहेको समयमा उनले कवितात्मक व्यंग्य गरेका हुन्।
मेयर बालेनले ‘मिसन–८४’ले देश नबन्ने स्पष्ट पार्दै बालेनले राजनीतिक दलका नेतालाई सक्काएर मात्र देश बन्ने तर्क गरेका छन्। कवितात्मक शैलीमा व्यङ्ग्य गर्दै उनले लेखेका छन्,‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ। तिमीहरूलाई सकाएर बन्छ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस