चितवन, मंसिर १४-
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी प्रतिभा पाठकले इन्गेजमेन्ट (टिकाटालो) गरेकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी समेत रहेकी प्रतिभाले मंगलवार गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट गरेकी हुन् ।
यहि मंसिर २३ गते प्रतिभा र विज्ञानबाबु बीच विवाह हुने तय भएको छ। प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए। प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन्।
विज्ञानबाबु भने अर्थशास्त्री हुन् । उनी हाल स्वीजरल्याण्डमा बस्छन् भने उनले युनिभरसिटी अफ अक्सफोर्डबाट अर्थतन्त्रको विकास विषयमा स्नातकोत्तर गरेका हुन् ।
रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस