काठमाडाैं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले २०८० मंसिर ११ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा विशेष पदोन्नति भएका सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति भएका ३ जना प्रमुख सेनानीलाई समेत महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।
महासेनानीमा बढुवा हुनेहरुमा सुरेन्द्र सापकोटा, दिग्विजय शाह र निरज पाण्डे रहेका छन् । यी तीनैजना सैनिक अधिकारीहरु एकवर्ष अघि बढुवा भएपनि विदेशमा रहेकाले हाल दर्ज्यानी चिन्ह लगाएका हुन् । तीनैजना शान्ति मिशनमा कार्यरत रहेका थिए ।
कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस