काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरूद्ध प्रदर्शन गरेको छ । मंगलबार मध्यान्ह १२ बजे शान्ति बाटिकामा सो पार्टीले विरोध प्रदर्शन गरिएको हो । ‘राष्ट्रियता, स्वाधीनता, महँगी, भ्रष्टाचारलगायतका विषयमा पनि पार्टीले प्रदर्शन गरेको नेता सिपी गजुरेलले बताए ।
‘आन्दोलनलाई थप प्रभावकारी बनाउन राष्ट्रवादी पक्षधरसँग एलायन्सको तयारी भइरहेको छ’, उनले भने । विस्तारै पार्टीको जनवर्गीय संगठन मोर्चाले आन्दोलन योजनाबद्ध रूपमा अगाडि बढाउने तयारी भइरहेको उनले जानकारी दिए । उनले क्रान्तिकारी पार्टी एमसिसीको विरुद्धमा अझै खरो उत्रने दाबी गरे ।
हेर्नुस् एमसिसीविरुद्धको प्रदर्शन (तस्बिरमा) :
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस