चितवन, मंसिर ११–
चितवनमा हरियो लाम्चो फर्सीमा सबैभन्दा बढी विषादी भेटिएको छ ।
विषादी परीक्षण प्रयोगशालाले तिहारपछि गरेको परीक्षणमा फर्सीमा विषादीको मात्रा बढी भेटेको हो ।
प्रयोगशालाका प्राविधिक नवराज पण्डितका अनुसार हरियो फर्सीमा विषादी बढी भेटेपछि यसलाई क्वारेन्टाइनमा राखिएको छ । उनले तरकारी बजारको तरकारीलाई हरेक दिन ¥यानडम्ली नमुना लिएर परीक्षण गर्ने गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । तर, भारतीय तरकारीको विषादी परीक्षण गर्न भने नपाउने उनले बताए । पण्डितले भने, ‘ भारतबाट आयातित तरकारी नाकामा परीक्षण गरिएको भन्छन् । हामीले परीक्षण गर्न पाउँदैनौं ।’
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस