झापा : झापा प्रहरीले बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ। झापाको कमल गाउँपालिका-४ बस्ने भोलाकुमार तामाङको हत्या गरेको आरोपमा प्रहरीले छोरा आशिषलाई पक्राउ गरेको हो। आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका झापाले जनाएको छ ।
मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ। घटनापछि आशिष भागेका थिए। आशिषलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो। थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस