काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो समय नेपालमा भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग बढेकाले यसमा सचेत रहन आग्रह गरेको छ।
images
images
images
दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणले सुरक्षित इन्टरनेट प्रयोगको नाममा व्यक्तिगत गोपनियता नै जोखिममा पर्नसक्ने भन्दै सचेत गराएको छ।
images
प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भीपीएन प्रयोग गर्दा सचेत हुन इन्टरनेट प्रयोगकर्तालाई आग्रह गरेको छ। जुन पायो त्यही भीपीएन प्रयोग गर्दा जोखिम हुनसक्ने विभिन्न अध्ययनले देखाएको भन्दै प्राधिकरणले प्रयोगकर्तालाई सचेत हुन आग्रह गरेको हो।
images
विशेषगरी भीपीएन एपहरू धेरै हुने र त्यसमा नि:शुल्क सेवा पाइनेहरूबाट जोगिन प्राधिकरणले जानकारी दिएको छ। तथ्यांक उपयोग गर्नेमात्र होइन तेस्रो पक्षलाई उपलब्ध गराउने जोखिम रहने प्राधिकरणले जानकारी दिएको छ।
images
सेन्सरसीपबाट जोगिने नाममा अनधिकृत कम्पनीको निगरानीमा पर्नसक्ने जोखिम रहेको प्राधिकरणले उल्लेख गरेको छ। कुनै पनि भीपीएन सेवा लिनुअघि त्यसको विश्वासनीयता तथा सुरक्षाका बारेमा जानकार हुनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ।
नेपाल सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि प्रयोगकर्ताले भीपीएनको माध्यमबाट प्रयोग गरिरहेका छन्।
Screenshot 2023-11-22 at 14.15.55.png
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस