काठमाडौं । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकको विकल्पमा मंगलबार सार्वजनिक भएको ‘रमाइलो’ एप गुगल प्ले स्टोरबाट हटेको छ । प्ले स्टोरका केही सर्तहरू पूरा नहुँदा रमाइलो एप हटेको एप ञ्चालक कम्पनी आइडिया जार डिजिटल कम्पनीले जनाएको छ ।
एक सूचना जारी गर्दै कम्पनीले प्ले स्टोरमा देखिएका समस्या समाधानको काम भइरहेकाले चाँडै प्रयोगकर्ताका लागि उपलब्ध हुने आशा व्यक्त गरेको छ ।
”रमाइलो एप सुरुवातको २४ घण्टामा नै हामीले धेरै माया पाएको छौं । सुधारका धेरै पाटोहरू छन् र हाम्रो टिम दिनरात सुधारको प्रयासमा लागेको छ । हाम्रो एप ट्रेन्डिङको नम्बर २ सम्म पनि पुग्यो । तर प्ले स्टाेरका केही सर्तहरु पूरा नहुँदा हाम्रो एप प्ले स्टाेरबाट हटेको छ । हामीले समस्याहरू समाधान गरी पुन: प्ले स्टाेरमा पठाइसकेको छौँ र आशा गर्दछौँ एप चाँडै नै प्ले स्टाेरमा आउनेछ,” कम्पनीकाे सूचमा भनिएकाे छ ।
रमाइलो एपमा भिडिओ हेर्ने तथा अपलोड गर्ने, भिडिओ एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र शेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा रहेको कम्पनीले जनाएको छ । कन्टेन्ट क्रियटरलाई पनि केही समयपछि कन्टेन्ट र लोकप्रियता अनुसार निश्चित रकम दिने कम्पनीको योजना छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस